पाकिस्तानी प्रधानमन्त्री विरुद्ध विपक्षीको अविश्वास प्रस्ताव अस्वीकृत

Nepal Cover
२० चैत्र २०७८, आईतवार
image

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ ।

राष्ट्रिय सभा वा संसद्को तल्लो सदनका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्तावलाई खारेज गर्दै विपक्षीले प्रस्ताव पेश गर्नेमा विदेशी संलग्नता भेटिएको र यो कदम पाकिस्तानको संविधानविपरीत भएको बताए ।