निजामती कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भयो: प्रमुख महालेखा परिक्षक

  Sampatti News

April 6, 2022

काठमाडौँ-प्रमुख महालेखा परिक्षक टंकमणी शर्माले निजामती कर्मचारीले गरेको कार्य हेर्दा राज्यले दिएको तलब बढी भएको टिप्पणी गर्नु भएको छ ।

काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त टिप्पणी गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख महालेखा परिक्षक टंकमणी शर्माले सम्पुर्ण प्रशासकलाई लेख रचना तर्फ अग्रसर भएको देख्दा खुसी लागेको बताउदै निरन्तरताको शुभकामना दिनुभयो ।

साथै पुस्तक प्रकाशक प्रती यस्ता कृती प्रकाशनमा निरन्तरता रहने अपेक्षा सहित शुभकामना दिनु भयो ।

उहाले प्रशासकलाई लेख रचना जस्तै आफ्नो कार्य तर्फ समेत ध्यानदिन आवश्यक रहेको बताउनु भयो ।

उहाले निजामती कर्मचारीमध्य २० प्रतिशतले मात्र ईमानदारिताका साथ कार्यमा ध्यान दिने गरेको बताउनु भयो ।

बाकी कर्मचारी टे्रड युनियनमा लागेर राजनीति गर्ने, राम्रो क्षेत्रमा सरुवा ताक्ने, फाईदा कुरेर बस्ने गरेको उल्लेख गर्दै आफ्नो कार्य इमानदारिताका साथ गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारी कर्मचारीको रबैया देख्दा सरकारी सेवामा आउने मान्छेलाई के उद्देश्यका साथ आउन लाग्या हो बुझन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

लेखा परिक्षणको क्षेत्रमा सुचना प्रबिधिको प्रयोग गर्दै उहाँले नेपाल अडिट म्यानेजमेन्ट सिस्टम प्रयोगमा आएको बारे उहाँले जानकारी दिनुभयो ।

अहाँले सबै कार्य आईटीबाट सम्भब नहुने बताउदै केही कार्य म्यानुअल्ली गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त,महालेखा परिक्षक र मुख्य सचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, प्रमुख महालेखा परिक्षक टंकमणिशर्मा, पुर्व लोकसेवा अध्यक्ष उमेश मैनाली, पुर्व मुख्य सचिव विमल कोईराला, काठमाडौँ उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिभिन्न मन्त्रालयका सचिव, बिभिन्न बिभागका महानिर्देशक, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायत, प्रशासन क्षेत्रका ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:April 6, 2022