सडक दुर्घटनार्मा एकजनाको मृत्यु

  Sampatti News

April 10, 2022

काठमाडौं – दाङमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
घोराही–९कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो ।

घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:April 10, 2022