श्रीलंका मेडिकल्ली मल्टी ओर्गेन फेलिएरको अवस्थामा,नेपालले पाठ सिक्नुपर्ने: सचिव भुसाल

  Sampatti News

April 11, 2022

काठमाडौँ-नेपाल सरकारका सचिव एमलाल भुसालले अर्थतन्त्रमा श्रीलंका मेडिकल्ली मल्टी ओर्गेन फेलिएरको अवस्थामा पुगेको बताउदै नेपालले यसबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन् कोभिड १९ को पहिलो लहरले विश्व आक्रान्त बन्दा नेपाल पनि यसबाट अछुतो रहन सकेन । पर्यटन क्षेत्र, बैदेशिक रोजगारीको क्षेत्र, औद्योगिक क्षेत्र सबै अस्तब्यस्त रहे ।

अहिलेसम्म यसका प्रभावहरु रहिरहेका छन्।यो महामारीले श्रीलंका, माल्द्विप्स जस्ता पर्यटनबाट अर्थतन्त्रको ठूलो हिस्सा ओगटेका मुलुकहरुलाई झन ठूलो अप्ठ्यारोमा पार्‍यो।

यसलाई व्यवस्थापन गर्ने प्रयासहरु त भएका थिए होलान् नै तर श्रीलंका यसरी नराम्रोसँग फस्यो कि आर्थिक संकटको चक्रब्युह तोडन सकेन ।

रुश युक्रेन युद्धले थप संकट सिर्जना हुन पुग्यो । अर्थशास्त्रका पुस्तकमा पढिने तर सामान्य रुपमा त्यति नभोगिने कजयचतबनभक जस्ता शब्दहरु त्यहाँ व्यवहारमै भोगियो।

त्यहाँ खाद्यान्न, औषधी र इन्धनको यसरी चरम अभाव हुन पुग्यो कि मानिसहरुले सामान जुटाउन दैनिक रुपमा लामो लाइनमा बस्नुपर्ने भयो।मुद्रास्फिति आकासियो भने श्रीलंकन मुद्राको मूल्य तीव्र रुपमा गिर्न पुग्यो।

श्रीलंकन सरकारले दीर्घकालीन योजना बनाउन सकेन बरु भारत, चीन र वंगलादेशसँगबाट अल्पकालीन ऋण लिएर भए पनि इन्धन खरिद आदिमा गर्जो टार्न थाल्यो ।

अल्पकालीन ऋणको पुन भुक्तानी गर्नुपर्ने दबाब छँदै थियो त्यो पनि व्यवस्थापन गर्न सकेन।

अन्ततोगत्वा श्रीलंकाको अर्थतन्त्र मेडिकल्ली मल्टी ओर्गेन फेलिएर को अवस्थामा पुग्यो।

नेपालले यसबाट पाठ सिक्नुपर्ने छ । नेपालको अवस्था अहिलेसम्म नियन्त्रणभित्रै रहेको छ ।

विदेशी मुद्राको अभावमा नेपाल आयल निगमले तेल खरिद गर्न नसक्ने अवस्था आयो भने चाहि हाम्रो अवस्था पनि भयावह बन्न सक्दछ।

प्रकाशित मिति:April 11, 2022