फेरियो कम्पनी रजिस्ट्रार र वाणिज्य-आपूर्ति विभागको नेतृत्व

  Sampatti News

April 12, 2022

काठमाडौँ-सरकारले कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व फेरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा सहसचिव महेश बराललाई खटाएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लीला प्रसाद शर्मा खटाइएको छ ।

मन्त्रालयले आफु अन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा कार्यालय प्रमुख फेरेको हो ।

बराललाई रिक्त रजिस्ट्रारमा खटाउँदै गर्दा शर्मालाई भने महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा पठाइएको हो ।

श्रेष्ठ ६ महिनामै मन्त्रालय तानिएका हुन् ।

८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयले नेतृत्व पाउनु अघिल्लै दिन अर्थात् गत बुधवार मात्रै दुवै विभागमा सरुवा तथा नयाँ प्रमुख पठाइएको थियो ।

प्रकाशित मिति:April 12, 2022