मंगलबार ३४.७९ अंकले घट्यो नेप्से

  Sampatti News

April 12, 2022

काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से ३४.७९ अंकले घटेर २४ सय तल झरेको छ ।
मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ ।

लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति:April 12, 2022