सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी

  Sampatti News

April 13, 2022

काठमाडौँ-सरकारले सशस्त्र प्रहरी बल (एपीएफ)को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज (बुधबार) बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए ।

सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

प्रकाशित मिति:April 13, 2022