आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

April 17, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर कसैको मूत्य भएको छैन् ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

आईतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति:April 17, 2022