सिरहामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ

  Sampatti News

April 17, 2022

काठमाडौं- सिरहामा लागूपदार्थ ब्राउन सुगरसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति:April 17, 2022