सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घट्यो

  Sampatti News

April 20, 2022

काठमाडौं- बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
आज बुधबार सुनको मुल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।
महासंघले जनाएको अनुसार चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख २ हजार २ सयमा छापावाल, एक लाख एक हजार ६०० रुपैयाँमा तेजावी र १ हजार ४२० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति:April 20, 2022