बुधबार नेप्से परिसूचक ३६.७३ अंकले गिरावट

  Sampatti News

April 20, 2022

काठमाडौं -बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
हिजो (मंगलबार) केही सुधार भएको बजारमा बुधबार भने ३६.७३ अंकको गिरावट आएको हो ।

आज बजार २३२०.५१ विन्दुमा झरेर रोकिएको छ । यो १.५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ । यी कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको भएको छ । बुधबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै वित्त र अन्य उपसमुहका लगानीकताले गुमाए ।

यस दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । हिमालयन उर्जा विकास कम्पनीको मूल्य ६.२९ प्रतिशतले घट्यो । नेष्डो सबैभन्दा धेरै कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रह्यो । सो कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति:April 20, 2022