हेम बहादुरमल्ल सम्मान २०७६ सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने

  Sampatti News

April 21, 2022

काठमाडौँ-बर्ष २०७६को हेम बहादुरमल्ल सम्मान सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।

नेपाल जन प्रशासन संघले हरेक बर्ष प्रदान गर्दै आएको सम्मान यस बर्ष सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको हो ।

संघले आज राजधानिमा एक कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको जानकारी दिएको छ ।

नेपाल जन प्रशासन संघले ख्याती प्राप्त प्रशासक एवं व्यवस्थापक स्व हेम वहादुर मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि को नेतृत्व तहमा रहेर उत्कृष्ट एवं विशिष्ट योगदान पुर्याए वापत उहाँको सम्झना तथा सम्मानमा स्थापित उक्त सम्मानको राशि २ लाख रुपैया रहेको छ ।

हेम बहादुरमल्ल सम्मान छनोट समितिले सुर्यनाथ उपाध्यायले राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको निष्कर्ष निकाल्दै उहाँलाई छनोट गरेको जनाएको छ ।

समितिले उहामा उच्च नेतृत्व क्षमता, सार्वजनिक क्षेत्रमा महत्वपुर्ण योगदान साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गर्ने कार्य गरेको जनाएको छ । साथै समितिले उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भै भ्रष्टाचार नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको जनाएको छ ।

यस सम्मान छनौट समितिमा पुर्व मन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटा , साल्ट ट्रेडिङ कर्पौरेशन लि का तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पुर्व सचिव पुण्य प्रसाद न्यौपाने र पुर्व सचिव जिवन प्रभा लामा सदस्य रहेका थिए ।

यो सम्मान २०७९ बैशाख ११ गते आईतवार सम्माननीय राष्ट्रपतिबाट राष्ट्रपति भवनमा विशेष समारोहविच प्रदान गरिने जनाईएको छ । उक्त सम्मान कार्यक्रम पश्चात दिउसो ३:३० बजे बानेश्वर स्थित एभरेष्ट होटलमा सुर्यनाथ उपाध्यायले आफ्नो मन्तब्य व्यक्त गर्ने नेपाल जन प्रशासन संघले जनाएको छ ।

प्रकाशित मिति:April 21, 2022