कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

  Sampatti News

April 24, 2022

काठमाडौं- राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति:April 24, 2022