April 11, 2020
काठमाडौँ । सरकारले चार सहसचिवको सरुवा गरेको छ ।मन्त्रालयका दुई र अन्य दुई जना गरी चार सहसचिवको सरुवा गरिएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णयबाट सामान्य प्रशासन मन्त्रालयका दुई र अन्य दुई जना गरी चार सहसचिवको सरुवा गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रबि पन्तलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको र सामाजिक विकास मन्त्रालयका सहसचिव बीर बहादुर राईलाई राष्ट्रिय योजना आयोगमा यहि चैत्र २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट ल्याएको मन्त्रालय स्रोतले जनाएकाे छ ।
त्सयसैगरी सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ भने यम प्रसाद भुसालको प्रदेश नं. २ स्थित मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
मन्त्रालयको प्रशासन महाशाखा प्रमुख अधिकारीको यसअघि नै अर्थ मन्त्रालयमा सरुवा भए पनि सबैभन्दा सिनियर हुँदाहुँदै तालिम केन्द्रमा पठाएपछि उनी मन्त्रालयमै बसेका थिए भने भुसाल नयाँ बढुवा भएर सामान्यमा दरबन्दीमा रहेका थिए ।
प्रकाशित मिति:April 11, 2020
April 13, 2025
April 13, 2025