डोल्पाका दुई गाउँपालिकामा नेकपा एस निर्विरोध

  Sampatti News

April 25, 2022

काठमाडौं-नेकपा एकीकृत समाजवादीबाट डोल्पाको दुई गाउँमालिकामा अध्यक्षका उम्मेदवार निर्विरोध भएका छन् ।

काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्ष निर्विरोध भएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

काइके गाउँपालिमा अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिमा सेनाङ गुरुङ अध्यक्ष पदमा निर्विरोध भएको समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा दोर्जेस निर्विरोध भएका छन् भने ६ वटा वडामा अध्यक्षसहित सेटै एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएको ज्वालाले जानकारी दिए ।

प्रकाशित मिति:April 25, 2022