थप १० जनामा कोरोना संक्रमण पुष्टि-१८ जना संक्रमणमुक्त

  Sampatti News

April 26, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ६४ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:April 26, 2022