४ महिनामै महानिर्देशकले गरे फरक कामः रचे इतिहास

  Sampatti News

April 26, 2022

काठमाडौँ—सडक बिभागका महानिर्देशक शिवहरी सापकोटाले आउदो शुक्रवार आफ्नो सार्वजनिक सेवाको पदबाट अवकाश पाउदै हुनुहुन्छ ।

अबकाशको मुखमा करिव चार महिना अगाडी सडक बिभागमा सरुवा भएर आउनु भएका ईन्जिनियर सापकोटाले उक्त अबधिलाई निकै राम्रोसँग सदुपयोग गरी उल्लेखनिय कार्यहरु सम्पादन गर्नु भएको छ ।

सडक बिभागमा उहाँको आफ्नो आगमनसँगै इन्जिनियरिङ गभर्नेन्स कार्यको प्रारम्भ गर्नुभयो जुन हाल उक्त कार्यलयमा संस्थागत भैसकेको छ ।

उहाँले सडक विभागमा निकैलामो समयदेखी थाती रहेको कार्य विवरण स्वीकृतिको कार्य अगाडी बढाउदै अन्तिम चरणमा पुर्याउनु भएको छ ।

सडक बिभागमा सधै बेथिती बढ्यो भन्ने उजुरी बढीरहदा उहाँले त्यसको नियन्त्रण तथा समाधानार्थ सडक विभागको आन्तरिक अनुगमन निर्देशिका स्विकृति गरी कार्यान्वयनमा ल्याउनु भएको छ ।

आफ्नो सार्वजनिक सेवा जिवनको अन्तिम समयमा बिभागमा आउनु भएको उहाँले पुल निर्माण कार्यको डिजाइन र निर्माण ठेक्काका लागि मापदण्डको स्वीकृतिगरी कार्यान्वयनमा ल्याउनु भएको छ ।

बिभागको कार्यमा सुधार गर्दै सडक बिभागको क्षमता प्रर्दशन गर्ने क्रममा उहाँले बिभागमा प्रत्येक महिनाको पहिलो सोमबार बिहान १०ः३० बजे विभागका कर्मचारीहरुको बैठक नियमित गर्ने र सडक विभागका समस्या तथा समाधान बारे छलफल गर्ने नयाँ रित स्थापित गराउन सफल हुनु भएको छ ।

उहाँले निकै लामोसमय देखि चर्चामा रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यान्वयन गर्दै निर्माणकार्यको सुरुवात गराउनु भएको छ ।

उहाँले विश्व बैंकको आर्थिक सहयोगमा नेपाल रणनीतिक सडक जडान तथा व्यापार सुधार परियोजना अन्तर्गत पहिलो चरणमा मुग्लिङ नारायणगढ सडक निर्माण सम्पन्न पश्चात सुस्ताएको दोस्रो चरणको नागढुङ्गा–नौबिसे मुग्लिङ सडक स्तरोन्नति कार्यको कार्यान्वयनमा ल्याउनु भएको छ ।

उहाँले जादाजादै आफ्नो ४ महिने कार्यकालमा २०३० का लागि राष्ट्रिय राजमार्गको गुरुयोजना तयार गर्न पहल गर्नेकार्य समेत गर्नुभएको छ ।

दुईखम्बे कार्य योजनामा केन्द्रित राष्ट्रिय राजमार्गहरूमा सडक सुरक्षा कार्यहरू सुदृढ गर्नेकार्य तर्फ समेत उहाँको नेतृत्वको सडक बिभाग अग्रसर रहेको छ ।

यि बाहेक उहाँले आफ्नो ४ महिले कार्यकालमा सडक विभागमा सडक र पुल निर्माण कार्य र भारी क्विपमेन्ट तथा यान्त्रिक सम्बन्धी ब्यापक क्षमता अभिबृद्धि तालिमको प्रारम्भ साथै विश्व बैंकको लगानीमा निर्माण भएको नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना मुङ्लिङ–नारायणघाट सडक सफलतापूर्वक सम्पन्न, बंगलादेश–भुटान–भारत–नेपाल सडक अन्तर्गत महेन्द्र राजमार्गको बुटवल गोरुसिङ्गे चनौटा खण्डको निर्माण कार्य विश्व बैंकको आर्थिक सहयोगमा सम्पन्न भएको छ ।

पिपुल्स पब्लिक अफ चाइना अनुदानबाट अरनिको राजमार्गको मर्मतसम्भार कार्य सम्पन्न भएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा पृथ्वी राजमार्गको माडीखोला दमौली र पोखरामा सेती नदीमा सिग्नेचर ब्रिज निर्माणकार्यको सुरुवात भएको छ ।

एसियाली विकास बैंकको लगानीमा नारायणघाट–बुटवल सडक आयोजना, महेन्द्र राजमार्गको कमला कञ्चनपुर सडक विस्तारको आयोजनाको सुरुवात भएको छ । काँकडभिट्टा–लौकी सडकको डीपीआर तयारी कार्यलाई तीव्रता दिन र प्रारम्भिक खरिद कार्य सुरु गर्न स्वीकृतिको कार्य समेत सम्पन्न भएको छ ।

साथै सडक बिभागले बिभिन्न योजना परियोजनाको सन्दर्भमा आर्थिक सहयोगका साथै ॠण सहयोग गर्ने निकाय एसियाली विकास बैंक र विश्व बैंकसँग बैठक गर्दै बिभिन्न बिषय टुङ्गो लगाउनेकार्य समेत गरेको छ ।

छाेटाे समयमा यि महत्वपुर्ण कार्य गर्न सफल सापकाेटा नेपालको सडक बिभागको स्थापनाकाल देखिको ईतिहासमा पहिलो पटक महानिर्देशक पदमा कायम रहदा रहदै अवकाश पाउने पहिलो महानिर्देशक रुपमा ईतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

उहाँकाे अवकाशसँगै अब आउदाे आइतवारबाट सडक बिभागकाे निमित्त महानिर्देशककाे रुपमा शिवप्रसाद नेपालले जिम्मेवारी बहन गर्नुहुने छ ।

प्रकाशित मिति:April 26, 2022