१० प्रकारका सामानहरु नेपाल भित्र्याउन नेपाल सरकारको रोक

  Sampatti News

April 27, 2022

काठमाडौं – नेपाल सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।
सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

उच्च व्यापार घाटा भएको भन्दै नेपाल सरकारले अब देशभित्र १० प्रकारको समानमा रोक लगाएको छ । मन्त्रालयका अनुसार रोक लगाइएका सामानहरुमा मोबाइल सेटदेखि जिप, कार र भ्यानहरु र २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलसमेत छन् ।

त्यस्तै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन,सबै प्रकारका खेलौनाहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, कुरकुरे, कुरमुरे, लेज र खेल्ने तास आयातमा रोक लगाइएको छ। सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ ।

रोक लगाइएका सामान के-के हुन् ?

प्रकाशित मिति:April 27, 2022