मेयरको टिकट नपाएपछि नेकपा एस मकवानपुरका अध्यक्षद्वारा पार्टी त्यागको घोषणा

  Sampatti News

April 27, 2022

काठमाडौं-नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी त्याग गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि उनले विज्ञप्ति जारी गर्दै पार्टी त्यागको घोषणा गरेका हुन् ।

पोखरेल हेटौंडा उपमहानगरपालिकाको मेयरको आकांक्षी थिए ।

एकीकृत समाजवादीको भागमा परेको हेटौंडाको मेयरको उम्मेदवार मिनाकुमारी लामालाई बनाइएको छ ।

उनले राजीनमा दिएपछि पत्रकार सम्मेलनमा भने, ‘गठबन्धनका नाममा नेपालमा कम्युनिष्ट पार्टी सिध्याउन खेल भइरहेको छ ।

आठ महिनाअघिको विद्रोह केही व्यक्तिको पद प्राप्तिको चरम इच्छा मात्रे रहेछ भन्ने अहिले थाहा भयो ।’

गठबन्धनका नाममा नेपालमा कम्युनिष्ट पार्टी सिध्याउने खेल भइरहेको आरोप लगाउँदै अध्यक्ष पोखरेलसहित तीन सचिवालय सदस्यले पार्टी छाडेका हुन् ।

नेकपा एमालेबाट आठ महिनाअघि भएको विद्रोह केही अवसरवादीको पद पाउने आकांक्षा मात्रै रहेकोसमेत उनीहरुले बताएका छन् ।

प्रकाशित मिति:April 27, 2022