थप ११ जनामा कोरोना संक्रमण पुष्टि -१७ जना कोरोना मुक्त

  Sampatti News

April 27, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै देशभर कसैको मृत्यु भएको छैन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:April 27, 2022