विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदै तर हाम्रा लागि के को मजदुर दिवस

  Sampatti News

May 1, 2022

काठमाडौं – विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदैछ।
विश्वभरका मजदुरले आजको दिनलाई विशेष पर्वको रूपमा लिन्छन्।

यसैगरि श्रमिकको हक हित र विभिन्न अधिकारको सुनिश्चताको लागि भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरेका छन्।

श्रमिकको नाममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रमसमेत ल्याउँछन् तर वास्तविक श्रमिक यसबारे बेखबर हुन्छन्।

राजधानी काठमाडौंकै सडकमा यस्ता बेखबर थुप्रै श्रमिकहरु भेटिन्छन्।

काठमाडौंको नयाँसडकमा भेटिएका एक श्रमिकले यस्ता दिवसबारे आफूहरू अनविज्ञ रहेको प्रतिक्रिया दिए। ‘हामीलाई काम र पैसा आउने मेलो भए पुग्छ,’ उनले भने। भारी बोकेर आफ्नो दैनिकी चलाइरहेका उनलाई श्रमिक दिवसको न मतलव छ, न महत्वबारे नै ज्ञान छ। श्रम गरेर गुजारा चलाउने श्रमिकको वास्तविक चित्र आज हामीले प्रस्तुत गरेका छौं।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति:May 1, 2022