यो चुनावबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने : अध्यक्ष नेपाल

  Sampatti News

May 1, 2022

मजदुर दिवसको अबसरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिनु भएको छ ।

उहाँले श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिनेछ भन्ने विश्वाससमेत ब्यक्त गर्नु भएको छ ।

स्थानीय चुनाव नजिकिएको भन्दै यो चुनावबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने नेता नेपालको धारणा रहेको छ ।

‘निकट भविष्यमा स्थानीय तहको चुनाव आउँदैछ । श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनहरुमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण संघर्षका उपलब्धीहरुको रक्षा गर्ने, प्रतिगमनकारीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा परास्त गर्ने अवसरका रुपमा यो चुनावलाई उपयोग गर्नुपर्नेछ,’ उहाँले भन्नु भयो।

श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफूहरूलाई विश्वासको मत दिने उहाँले बताउनु भएका छ ।

उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

उहँले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेशिने गरेको भन्दै उनले स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने पनि बताउनु भयो।

प्रकाशित मिति:May 1, 2022