आईतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

May 1, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो । साथै देशभरमा कसैको मृत्यु भएको छैन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति:May 1, 2022