कार र मोटरसाइकल ठोक्किँदा बुवा र छोरीको मृत्यु

  Sampatti News

May 2, 2022

काठमाडौं – पोखराको कास्की अन्नपूर्णमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति:May 2, 2022