पेट्रोलको मुल्य वृद्धि गर्ने तयारीमा सरकार: लिटरको एक सय ८३

  Sampatti News

May 2, 2022

काठमाडौँ-सरकारले चुनावको मौका छोपेर फेरी पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने तयारी गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको भन्दै मूल्य बढाउने तयारी गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ ८४ पैसा बढाएर पठाइएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको नेपाल आयल निगमको भनाइ छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ छ । अब कम्तिमा एक सय ६५ रुपैयाँ हुने स्रोतको दाबी छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । डिजेल र मट्टितेलमा पनि प्रतिलितटर पाँच रुपैयाँ बढाउने तयारी गरिएको छ ।

त्यसैगरी खाना पकाउने ग्यासको मूल्यमा पनि चर्को भाउ बढेको बताउँदै निगमले प्रतिमहिना पाँच अर्ब १९ करोड घाटा हुने उल्लेख गरेकाले चुनावको मुखमा सर्वसाधारणमाथि थप मूल्यवृद्धिको भार पर्ने देखिएको हो ।

प्रकाशित मिति:May 2, 2022