थप ९ जनामा कोरोना संक्रमण पुष्टि -२११ जना सक्रिय

  Sampatti News

May 2, 2022

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाथ्य थता जनसंख्या मन्त्रालायका अनुसार देशभरमा ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । साथै देशभरमा कसैको मृत्यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति:May 2, 2022