बाढीले बगाउँदा एक किशोरीको मृत्यु

  Sampatti News

May 3, 2022

काठमाडौं – दाङमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

बबई गाउँपालिकामा ४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो र उपचारक्रमा उनको ज्यान गएको छ ।

प्रकाशित मिति:May 3, 2022