बाघ नियन्त्रणमा

  Sampatti News

May 4, 2022

चितवन -चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ ।

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो ।

सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो ।

अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ ।

बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

बाघ राख्न कसरा र सौराहामा खोर छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् ।

एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो ।

सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।

निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

प्रकाशित मिति:May 4, 2022