‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत अवस्थाम भेटिए

  Sampatti News

May 4, 2022

काठमाडौंं – महेन्द्रनगरको कञ्चनपुरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’

प्रकाशित मिति:May 4, 2022