ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

  Sampatti News

May 4, 2022

काठमाडौं – ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंकबहादुर बिकलाई सोमबार पक्राउ गरेको छ ।

बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यो घटनाकोबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:May 4, 2022