त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिको फोन

  Sampatti News

May 4, 2022

काठमाडौं-अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै फोन गरेपछि विमानस्थलमा त्रास फैलिएको छ ।

विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो ।

अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएको छ ।

त्यस्तै, प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका जनाइएको छ ।

प्रकाशित मिति:May 4, 2022