एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन

  Sampatti News

May 4, 2022

काठमाडौं-नेकपा एकीकृत समाजवादीले एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

एसले चुनावी गठबन्धन नभएको र आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

मंगलबार साँझ बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमा नेपालले यस्तो निर्देशन दिएका हुन् ।

बैठकपछि महासचिव डा. बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय भएको उल्लेख छ ।

एकीकृत समाजवादीले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा प्रतिगागी एवं दक्षिणपन्थीविरुद्ध मतदान गर्न निर्देशन दिएको हो ।

बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझैपनि अन्तिमसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ ।

महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति:May 4, 2022