बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु

  Sampatti News

May 4, 2022

काठमाडौं – आज वीपी राजमार्ग अन्तर्गत काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार काठमाडौँबाट भारत तर्फ जाँदै गरेको बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनबारे थप विवरण आउने बाँकी रहेको हरि खतिवडाले बताए ।

प्रकाशित मिति:May 4, 2022