बन्दिपुरको सुन्दरपुरमा साइकल पल्टिंदा एक वृद्धको मृत्यु

  Sampatti News

May 4, 2022

काठमाडौं – सिराहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुरको सुन्दरपुरमा मंगलबार बेलुकी साइकल पल्टिंदा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरपुरको स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् ।

यादव सवार साइकल हिजो बेलुकी ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । -सुरेन्द्र

प्रकाशित मिति:May 4, 2022