१६ वर्षीया किशोरी बलात्कृत

  Sampatti News

May 5, 2022

काठमाडौं – उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:May 5, 2022