काठमाडौं – धनकुटाको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँघुरीगढी–३ मदेन टोलका ३८ वर्षीय इन्द्रबहादुर याखा रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा बिहीबार राती पौने १२ बजे को २८ प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।