टिप्परको ठक्करबाट मृत्यु

Nepal Cover
२८ बैशाख २०७९, बुधबार
image

काठमाडौं – काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।