२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
२८ बैशाख २०७९, बुधबार
image

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् ।