रौतहटमा उमेदवार नै आक्रमण : दोषीलाई कार्वाही भएन- घाइते उमेदवारको विजयी

Nepal Cover
२ जेष्ठ २०७९, सोमबार
image

काठमाडौं- रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष तथा अहिलेका वडा अध्यक्षका उमेदवार शेख अमिरुल्लाह माथि संघातिक हमला भएकोछ ।

निर्वाचनका दिन मतदानमा सहभागी हुन मतदाता बीच पुगेका शेखको लोकप्रियता देखेर विपक्षीले लखेटेर आक्रमण गर्दा घाइते भै गौर अस्पतालमा उपचाररत छ्न।उमेदवार लाई आक्रमण गरि यस्तो अवस्थामा पुर्याउनेहरुका बारेमा प्रहरीलाई घटना घटनु अगाडि नै जानकारी गराउदा गराउदै प्रहरीको बेवास्ताका कारण ज्यानै लिने गरि आक्रमण गरिएको छ।

ज्यान लिने गरि आक्रमण गरिएको भएपनि ठूलोमानवीय क्षतीभने हुन पाएन। घटना घटिसके पछि पनि पीडित परिवारले उजुरी गर्दा समेत हाल सम्म पनि दोषीलाई कार्वाही हुन नसकेको नेकपा माओवादी मेयरका उमेदवार तथा नेता शेख वकिलले सम्पत्ति न्युजलाई बताए ।

ब्यालेटबाट आफनो प्रतिनिधि चुन्न पाउने अधिकार अझैसम्म रौतहट क्षेत्र नम्बर दुई अन्तर्गतका स्थानीय तहमा लागुहुन नसक्दा चुनावका दिन मतदानमा भागलिनेहरु ढोका थुनेर बस्न बाध्य थिए।

आफ्नो प्रतिनिधि त यस्तो आक्रमणमा पर्छन् भने हाम्रो हालत के होला गौर अस्पतालमा घाइते जनप्रतिनिधि भेटन आएका एक आतंकित मनस्थितिमामा रहेका मतदाताले सम्पत्तिन्युजलाई बताए।

प्रशासन समक्ष अस्पतालको बेडबाट न्याय मागिरहेका वडा अध्यक्ष उमेदवार अमिरुल्लाहले ११ सय १२ मत ल्याएर निर्वाचित समेत भैसकेका छ्न।
तर उनलाइ मतदान गर्ने मतदाता भने थप असुरक्षित महसुस गरिरहेको नाम नछाप्ने शर्त मा एक प्राध्यापक ले सम्पत्ति ज्युजलाइ बताए।

https://www.facebook.com/lalbakaiyamedia/posts/708162507200700