काठमाडौँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ११ हजार नाघे

  Sampatti News

May 17, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ११ हजार नाघेको छ ।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ११ हजार १३ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति:May 17, 2022