बुढानिलकण्ठ नगरपालिकामा नगरकै पहिलो महिला वडाध्यक्षमा : सुमित्रा त्रिपाठी पाण्डे

  Sampatti News

May 17, 2022

काठमाडौं- बुढानिलकण्ठ नगरपालिका वडा नं – ९ को वडाध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दीलाई ७५ मतले पराजित गरेका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित पाण्डेले ९४८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका छन् ।

सोही वडा नं ९ को चार सदस्यमा रमेश गौतम,श्याम कार्की,शान्ति पाण्डे र सुमि परियार नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । बुढानिलकण्ठ नगरपालिकाको ईतिहासमा सुमित्रा त्रिपाठी पाण्डे नगरकै पहिलो महिला वडाध्यक्ष बन्न सफल भएकी छिन् ।

प्रकाशित मिति:May 17, 2022