ओलीलाई गठबन्धनको झट्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

  Sampatti News

May 17, 2022

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।

ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।

ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सकेन । सूर्यविनायकमा पनि काँग्रेस जित नजिक छ ।

आठराई गाउँपालिका–४ इवामा काँग्रेसका खगेन्द्र गुरुङ ६९३ मतसहित विजयी भएका छन् । एमालेका नरेन्द्र कुमार ईङनामले ५६३ मत मात्र पाए । गठबन्धनको सहयोगमा काँग्रेसले ओलीको जन्मघरको वडामा १३० मतान्तरका साथ जित हात हासिल गरेको छ ।

ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गरेको ठाउँमा जित हात पार्नुलाई गठबन्धनले प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीले ०७६ फागुनमा ११ मा इवा पुगेर आफ्नो ६९ औं जन्म दिवस मनाउन थिए ।

आफ्नो जन्म उत्सवमा ओलीले इवाका नागरिकलाई सारी, पछ्यौरी, भादगाउँले टोपी, ज्याकेट र डायरी बाँडेका थिए । ओलीले नेपालको नक्सासहितको केक काटेर जन्मदिवस बनाएको भन्दै आलोचनाको विषय समेत बनेको छ । तामझामका साथ जन्मघरमा जन्म दिवस बनाएका फर्किएका ओलीलाई दुई वर्षपछि इवाबाट सुखद नतिजा आएन ।

प्रकाशित मिति:May 17, 2022