कमला नगरपालिका वडा नं –७ को (लोसपा)पार्टीबाट वडाअध्यक्षको पदमा छठु मण्डल विजयी

  Sampatti News

May 18, 2022

काठमाडौं – धनुषाको कमला नगरपालिका वडा नं –७ को लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाअध्यक्षको पदमा छठु मण्डल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दीलाई ४९ मतले पराजित गरेका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित मण्डलले ४०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका तपेश्वर यादवले ३५८ मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तपेश्वर यादवलाई ४९ मत अन्तरले पछि पार्दै छठु मण्डल विजयी हुनुभएको हो । सोही वडा नं ७ को नेपाल कम्युनिष्ट पार्टी एमालेका सुधिर कुमार सिहंको २६० मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम् प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकै वडाअध्यक्षका उम्मेदवार राम चन्द्र महतो कोइरीले २४२ मत ल्याउनुभएको छ ।

कमला नगरपालिकाको ईतिहासमा छठु मण्डल वडाध्यक्ष बन्न सफल भएका छन् । छठु मण्डल स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । –

प्रकाशित मिति:May 18, 2022