पोखरा महानगरमा प्रमुखमा गठबन्धन-उपप्रमुखमा एमालेको अग्रता

Nepal Cover
५ जेष्ठ २०७९, बिहीबार
image

काठमाडौं- पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ ।

हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गर्नुभएको छ ।