April 17, 2020
मेरो आखिझ्यालबाट देखिन्थ्यो सधै मेरो घर अगाडी को बाटो हुँदै हिड्थी उ ,
मग मग…
आफ्नो यौवनको वासना छर्दै , मलाई मक्ख पार्दै अनि मेरो बन्द भैरहेका आँखा खोल्दै, तर म जस्तो सिधा अनि सोझोलाई के थाहा…. यो बास्ना मैले त सुघ्न पनि नपर्ने हो भनेर
म जस्ता पाँच छवटा केटाहरुको मन भर्दै अनि टाईम वेस्ट गर्दै हिड्ने उनका पाईलाहरु,
मानौँ कि म पुतली थिए अनि उ बत्ती, जता उ उतै मेरा हरेक लुक्स अनि पाईला…… मलाई मात्रै थाहा छ र कस्तो हुदो रहेछ वान साइटेड लभ,
म उप्रति आकर्षित भैसकेको थिए, हरेक दिन
सयौं पटक पछि पछि गैसकेको थिए, यो बहेक म सङग उपाय केही थिएन तर चाहाना भने थियो नै मलाई पनि त फर्केर हेरन…..
एकदिन त उस्ले फर्केर पनि हेरि, अनि एक्सप्रेसन देखियो हल्का स्माइल वाला। त्यसपछि त केटो….
दिन दिनै कुर्न थाले कैले हेर्छेकि फेरि भनेर, बट…….. नेभर
म भने झन झन डेलि फलोअपमा बिजि,
अब त उस्को अत्तरले थाहा हुन्थ्यो उ आएको भनेर, तर खुट्टाको चप्पल बजेको आवाज त सुन्ने दिन गएछन…
म झन के को कम थिए र? मेरो पालो म पनि झ्यालमा बसिरहन्थे चिटिक्क बनेर, यसो म भएको ठाउँमा पनि उनको नजर कहिले काहिँ झुक्किएर त पर्छ कि भनेर….
कस्तो बिडम्बना मलाइ त भ्रममा पारेकी रैछे,
म जस्ता धेरैकेटाहरुको मुटु मारेकी सकेकि रैछे,
मेरो मन मा मात्र बस्छ कि भन्थे,
दिनै पिछे हप्तै पिछे आफ्नो डेरा सार्ने वालि रैछे।
म सोच्थे केटि भर्खर पलाएको पालुवा जस्तै छे,
उ त घर नबनाउने पानी र वालुवा रैछे,
यौवनको भोगी अनि रोगी रैछे,
साथ लिएर, आशा दिएर, पूरा नगर्ने नेताजस्तै जोगि रैछे।
आजपनि उस्को अत्तर बत्ती जस्तै छ,
तर म पुतली हैन , साङ्लो भैसके,
त्यसैले म बत्तीबाट टाढा गैसके….
म नसक्ने रहेछु बत्ती को उज्यालो सङग बाझ्न।
प्रकाशित मिति:April 17, 2020