गौरका मेयर साहको ध्यान शिक्षा तर्फ केन्द्रित

  Sampatti News

June 3, 2022

रौतहट । शिक्षा साक्षरताको हिसाबले निकै पछिल्लो श्रेणीमा परेको रौतहटको शिक्षाको अवस्था प्रति चिन्तित हुँदै आफ्नो ध्यान बिद्यालयका नानिबाबुहरु तिर केन्द्रित गरेका छ्न । शिक्षकहरुले पढाएका छ छैन छन् भने कस्तो पढाएका छ्न् अब मेयर शम्भु साह त्यतातिर पनि लाग्ने भएको देखिन्छ ।

स्थानीय तहको चुनावबाट निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि एक नगर प्रमुख सदरमुकामका विद्यालयमा पुगेका छन् ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका छन् । उनी एउटा यस्तो विद्यालयमा पुगे जहाँको अवस्था कुनै दन्त्यकथाको विद्यालय जस्तो उनले पाए।

सदरमुकामको विद्यालयको स्थिति कतिसम्म गए जुग्रेको हुन सक्छ भन्ने अनुमानभन्दा पनि निकै दयनीय स्थितिको विद्यालय देखेपछि नगर प्रमुख साह छाँगाबाट खसेजस्तै भएका छन् ।

सदरमुकाम गौर नगरपालिका ४ टिकुलियामा रहेको श्री आधारभूत विद्यालयमा कक्षाकोठा पर्याप्त छ तर जब नगर प्रमुख साह विद्यालय निरीक्षणको क्रममा पुगे तब बालविकास कक्षादेखि ६ सम्मका सबै विद्यार्थीलाई एउटै कोठामा राखिएको थियो ।

कक्षा कोठा देखि विद्यालय कार्यालय सहयोगी एक जना मात्रै थिए जो विद्यार्थीको बिचमा बसेका थिए । नगर प्रमुख साह एक जना विद्यार्थीको बेन्चमा बसेर उनलाई च, छ, ज, झ लेख्नलाई अनुरोध गरे । कक्षा ३ मा पढ्ने उक्त विद्यार्थीले लेख्न सकेनन् ।

अर्को बेन्चमा बसेका अलिक ठूलो भाइलाई एबिसिडि पढ्नलाई भने । कक्षा ४ पढ्ने विद्यार्थीले पढ्न सकेनन् । एकाघरका चार जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयकी प्रधानध्यापिका सावित्री यादवका श्रीमान् हुन् कार्यालय सहयोगी अशोक यादव ।

बाल विकास सहजकर्ता तथा शिक्षक पनि सोही घरका रहेकाले कोही एक जना मात्र विद्यालयमा रहने गरेको र बाँकी कोही पनि विद्यालयमा नरहने गरेको विद्यार्थीको गुनासो गरे ।

विद्यालयका कार्यालय सहयोगीले कहिलेकाँही पढाउने गरेको र कहिलेकाँही विद्यालयमा कोही पनि शिक्षक वा कर्मचारी नआउँदा बालबालिकाहरु दिनभरबसेर घर फर्किने गरेको गुनासो पनि नगर प्रमुख साहलाई विद्यार्थीहरुले गरेका छन् ।

निरीक्षणको क्रममा कार्यालय सहयोगी यादवले केही पनि जवाफ दिन नसकेपछि विद्यालयमा देखिएको विद्यार्थी तथा शिक्षक रजिस्टर र अन्य केही कागजात नगर प्रमुख साहले नियन्त्रणमा लिएका छन् । विद्यालयको पठनपाठन र अवस्थाको विषयमा नगर प्रमुख साहले सम्बन्धित निकायबाट स्पष्टिकरण सोध्न लगाएका छन् ।

सदरमुकाममै झोले विद्यालयको जस्तो अवस्था रहेको स्थलगत अनुगमन निरीक्षणको क्रममा पाएपछि आफू अचम्भित भएको नगर प्रमुख साहले बताएका छन् । एक हप्तादेखि निरन्तर विद्यालय तथा स्वास्थ्य चौकीको अनुगमन गरिरहेका नगर प्रमुख साहले सबै विद्यालयका बेथिति तथा सबल पक्षलाई सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन् ।

चरम बेथितिमा रहेको भेटिएको आजको विद्यालयको अनुगमनपछि नगर प्रमुख साहले सामाजिक संजालमार्फत नगरको शिक्षामा सुधारको लागि उचित सुझाव पनि माग गरेका छन् । नगर प्रमुख साहले निरन्तर एक्सन लिन थालेपछि स्वास्थ्य, शिक्षा तथा सरसफाइको क्षेत्रका साथै नगरपालिका र वडा कार्यालयको काममा गौर नगरबासीले परिवर्तनको अनुभूति गर्न थालेका छन् ।

प्रमुख साहको यो अभियानले अबका दिनमा विद्यालय लगाएत विद्यार्थीहरुले राहत पाउने देखिन्छ ।गर्न चाहादा छोटो समयमा राम्रो सन्देश दिन सकिन्छ भन्ने उदाहरण बनेका छन शम्भु साह यतिबेला ।

https://www.facebook.com/permalink.php?story_fbid=176525934810765&id=100073600779863

प्रकाशित मिति:June 3, 2022