भुटानद्धारा नेपाललाई ६७ रनको लक्ष्य

  Sampatti News

June 6, 2022

काठमाडौं । आईसीसी यू १९ महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २-२ विकेट लिए ।

नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

प्रकाशित मिति:June 6, 2022