पाँचजना डीआईजी एआईजीमा बढुवा

  Sampatti News

June 7, 2022

काठमाडौँ । नेपाल प्रहरीका पाँचजना डीआईजी एआईजीमा बढुवा भएका छन् । सरकारले नेपाल प्रहरीका पाँचजना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको हाे ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा सिफारिसमा परेका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियाे ।

बढुवा हुनेहरुमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेस लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

प्रकाशित मिति:June 7, 2022