सडक बिभागको महानिर्देशकमा थापा कमब्याक

  Sampatti News Online

June 8, 2022

काठमाडौ । सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा कमब्याक भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै शिव नेपालले निमित्त महानिर्देशको जिम्मेवारी समाल्दै आउनु भएको थियो । बिहीवार नै निर्णय भएको महानिर्देशकको पदमा पार्टीका अर्का नेता डा बाबुराम भट्टराईले गोर्खा घर भएका बिभागका सहसचिव सुशील ढकाललाई महानिर्देशक बनाउन अड्डि कसेपछी उपेन्द्र यादवलाई निर्णयमा पुग्न कठिन भएपछि दुई दिन पछि मात्रै मन्त्री रेणु यादवले यस अघि नै महानिर्देशक भएका अर्जुन जङ थापालाई पुनः महानिर्देशक नियुक्त गरेका हुन् ।

विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख शुशिल ढकाल पनि महानिर्देशकको दावेदार थिए । तर महानिर्देशकको बाजी पुन थापाले नै मारेका छन । पहिलो कार्यकालमा माफियाको घेराभित्र परेका थापाले दोश्रो कार्यकालमा के गर्छ्न त्यो प्रतीक्षाको बिषय भएको बताइएको छ ।

गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् । सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाएका छन् । विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि केही सडक माफियाको सहयोगमा थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बनेका छन् ।

प्रकाशित मिति:June 8, 2022