९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

  Sampatti News

June 8, 2022

काठमाडौं । सरकारले सरकारी, निजि तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउन उक्त संघरसंस्थालाई निर्देशन दिएको हो ।

सरकारी निजी तथा गैरसरकारी संघरसंस्थामा कार्यरत महिलाहरुलाई नियमनुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउन थालेपछि यस्तो निर्णय गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थय अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न निजी, सरकारी गैरसकारी संघसंस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:June 8, 2022